मुलुक डेस्क, काठमाडौं । २०७९ असार २३, बिहिवार

सामाजिक संस्था हिमानी कोषले देशभर रहेका स्वास्थ्यकर्मीहरुलाई नेपाल मेडिकल एशोसियसन मार्फत लाखौं मास्क र महोत्तरीका ४ सय ७३ घरपरिवारलाई झुल वितरण गरेको छ ।

हिमानी कोषका अभिभावक एवं पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको शुभ जन्मदिनको पावन अवसरमा मौसुफप्रति सुस्वास्थ्य, दिर्घायु र अभिभावकत्वको हार्दिक शुभकामना दिदै उक्त सामाग्री वितरण गरिएको कोषका सदस्य राज फुयालले जानकारी गराए ।

उक्त अवसरमा हिमानी कोषले देशभर रहेका स्वास्थ्यकर्मीहरुलाई नेपाल मेडिकल एशोसियसन मार्फत १ लाख ७५ हजार मास्क, महोत्तरीका ४ सय ७३ घरपरिवारलाई झुल र विभिन्न स्वास्थ्य सँस्थाहरुलाई करिब ८ हजार पञ्जाहरु वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *