
मुलुक डेस्क, काठमाडौं । २०७९ असार २०, सोमवार
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले शनिबारको बैठकमा प्रस्तुत भएका एजेण्डामाथी छलफल गर्न आइतवार पनि केन्द्रीय कार्यकारिणीको बैठक गरेको छ । पार्टी विधानको बारे जारी छलफलमा नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा छलफल भएको कार्यकारिणी सदस्य एवं राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले बताए ।
बैठकमा अगामी चुनावमा उम्मेदवारी र कुन दलसँग कसरी सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भीर छलफल भएको सदस्य सिंहले जनाए ।