मुलुक डेस्क, काठमाडौं । २०७९ असार १५, बुधवार

गृहमन्त्री बालकृष्ण खाँणलाई डा. मनोजकुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ठोस एवं निर्णायक पहल कदमीका लागि भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

गृह मन्त्रालयमा बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबीच २०६८ पुस २६ गते भएको सम्झौता, लगायत विभिन्न संसदीय न्यायिक र राजनीतिक वार्ता समितिले मोर्चासँग गरिएका सहमति र सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।

मोर्चाले सहमति कार्यान्वयन नहुँदा मोर्चाका नेता कार्यकर्ता वर्षौंदेखि कारागारमा रहन बाध्य भएको भन्दै सहमति कार्यान्वयन गरेर छोड्न आग्रह गरेको छ।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँणले यथार्थता बुझेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । गृह मन्त्रालयमा बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबीच २०६८ पुस २६ गते भएको सम्झौता, लगायत विभिन्न संसदीय न्यायिक र राजनीतिक वार्ता समितिले मोर्चासँग गरिएका सहमति र सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।

मोर्चाले सहमति कार्यान्वयन नहुँदा मोर्चाका नेता कार्यकर्ता वर्षौंदेखि कारागारमा रहन बाध्य भएको भन्दै सहमति कार्यान्वयन गरेर छोड्न आग्रह गरेको छ।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँणले यथार्थता बुझेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *