
मुलुक डेस्क, काठमाडौं । २०७९ असार १३, सोमवार
जनतान्त्रिक तराई मुक्ति मोर्चा र नेपाल सरकारबीच बिगतमा भएका सहमति समझौता कार्यान्वयन गर्न नेपाल सरकार लाई ध्यानाकर्षण गराएको जनतान्त्रिक तराई मुक्ति मोर्चा का केन्द्रिय सदस्य बुलन यादव (जय मुक्ति) ले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका छ्न ।
उनका अनुसार,”महान क्रान्तिकारी गौरवशाली मोर्चा जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति बिबेकको निर्देशन अनुसार प्राप्त जिम्मेवारीलाई कार्यान्वयन गर्ने सिलसिलामा राज्य पक्ष / नेपाल सरकार र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच बिगतमा भए-गरेका सहमति सम्झौता अनुसार राज्य पक्षले गर्नैपर्ने तर बाँकी रहेका सहमति-समझौताप्रति ध्यानाकर्षण गराउन असार १२ गते आइतबारका दिन गृह मन्त्रालयमा
गृह सचीवसँगको औपचारिक एवं सकारात्मक छलफल भएको छ।”
स्मरणीय छ, कि जनतान्त्रिक तराई मुक्ति मोर्चा र नेपाल सरकार बिच बिगतमा पटक-पटक विभिन्न सहमति – समझौताहरु भएको थियो जस अनुसार मोर्चाको तर्फबाट पाल्ना गर्नुपर्ने विषयवस्तुहरु मोर्चाले पालन गर्दै शान्तिपूर्ण मुलधारको राजनीतिमा सक्रिय छ तर ती सहमति समझौता अनुसार राज्यपक्षले गर्नुपर्ने धेरै विषयवस्तुहरु अहिले पनि थाती रहेको अवस्थामा छ । प्राप्त जानकारी अनुसार अबको केही दिन भित्रै मोर्चाका प्रतिनिधि मण्डल र नेपाल सरकारबीच छुट्टाछुट्टै भेटघाट हुने र शान्ति प्रक्रियाका अन्य विषयवस्तुहरु अगाडि बढाइने मोर्चाका सदस्य यादवले बताए ।