मुलुक डेस्क | २०७९ असार १०, शुक्रबार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत पहिलो पटक गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । काठमाडौ उपत्यका वाहिर सरकारी अस्पतालमा पहिलोपटक निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु भएको हो । उक्त कार्यक्रम सञ्चालनको लागि प्रतिष्ठानले विगत एक वर्ष देखी तयारी गर्दै आइरहेकोमा मिति २०७९ असार ९ गते विहीवारको दिन प्रतिष्ठानका उपकुलपति प्रा.डा डुक वहादुर क्षेत्री, डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक प्रा.डा. भरत वहादुर खत्रीज्यूको समुपस्थितिमा उक्त कार्य सम्पन्न गरिएको थियो ।
कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा नं. ७ निवासी ५३ वर्षिय पुरुषले वहाँकी ५१ वर्षिय धर्मपत्नीलाई मृगौला प्रदान गर्नुभएको थियो ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । केन्द्रका शल्यचिकित्सक प्रा.डा. राकेश कुमार वर्मा, डा. दिपेश श्रेष्ठ, डा. रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, डा. सोभित थापा, नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठ र डा. लुसन सिंहले सघाउनु भएको थियो । रेडियोलोजी विभागका डा. कृष्ण वुढाथोकीले विरामीको प्रत्यारोपित मृगौलाको डप्लर स्क्यान गर्नुभएको र प्रत्यारोपित मृगौलाले राम्रोसँग काम गरेको वताउनु भएको छ ।

प्रत्यारोपण कार्यको संयोजन डा. गौरव पन्त र प्रशासकीय अधिकृत हरीहर पोखरेलले गर्नुभएको थियो । प्रत्यारोपण कार्यमा सघाउनको लागि ट्रान्स्प्लान्ट कोर्डिनेटर तारा साँध, ओ.टी. स्टाफ नर्स कामना वोगटी, विनिता कुटु, ज्योति कोजू, कृष्णा गुरुङ्ग,आई.सि.यु स्टाफ नर्स जयन्ती ताम्राकार र सजना कासुलाले सघाउनु भएको थियो । मृगौला प्रत्यारोपण कार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फवाट शल्यचिकित्सक डा. प्रकाश क्षेत्री, डा. अनुपचापा गाइँ, डा. सन्तोष श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. मायालामा र डा. अनिल प्रसाद न्यौपाने, नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी, वरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक सरिता कार्की, ट्रान्सप्लान्ट कोर्डिनेटर गिता देवी तिवारी, ओ.टी इन्चार्ज कविता पौडेलको टोली सम्लग्न रहनु भएको थियो

पोखरामा नियमित रुपमामहिनाको दुई जनाको प्रत्यारोपण गर्ने योजना रहेको छ । त्यसको लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई आत्मनिर्भर वनाउनको लागि केन्द्रले तालिम दिने योजना वनाएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म ८८४ जनाको मृगौला र ८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्यका साथ प्रत्यारोपण सम्वन्धी फेलोसिप, डि.एम्, एम्.सि.एच्, लगायतका तालिम सञ्चालन गर्ने केन्द्र र प्रतिष्ठानविच सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *