कृष्ण सिंह, सर्लाही । २०७९ असार ०३, शुक्रवार

सर्लाही जिल्ला समन्वय समितिको सभापतिमा नेपाली काँग्रेसका उम्मेदवार कौशल किशोर सिंह निर्विरोध निर्वाचित भएका छन् । साथै उपसभापतिमा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित भएका छन् ।

कौशलको राजनीतिक यात्रा:

कौशल किशोर सिंह समाजिक काममा सक्रियता राख्दै नेविसंघबाट राजनीति शुरु गरेका हुन् । नेपाल तरुण दलको जिल्ला सचिव, जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य, पार्टीका सम्मानीत नेता बासु कोइराला जिल्ला सभापति हुँदा जिल्ला सचिवको रुपमा सफलतापूर्वक भूमिका निर्वाह गरेका हुन् ।

पटक पटक पार्टीको महाधिवेशन प्रतिनिधि चुनिएका सिंह अनुभवले खारिएका परिपक्व राजनीतिज्ञ हुन् ।
सिंह राजनीतिसँगै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सर्लाही जिल्ला अस्पतालमा एक कार्यकाल (४ वर्ष) को लागि अध्यक्ष नियुक्त भएका थिए । नार्कको कन्सुलर,  सर्लाही क्याम्पसमा लगातर तीन कार्यकाल व्यवस्थापन समितिमा थिए भने नेपाल रेडक्रस सोसाईटी, सर्लाहीमा पनि आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *