
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २५, बुधवार
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका छन । आज राष्ट्रिय सभा गृहमा उनले शपथ गराएका हुन । उक्त अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेको थियो । कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित हुनु भएको हो । जेठ २४ गते राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् ।
नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएको हो।
यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएको हो ।