मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २१, शनिवार

सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो ।

चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ ।

गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ-आफ्ना मन्तव्य राखेको थियो । ‘सबैको मिहिनेतबाट एउटा राम्रो भिडियो श्रोता/दर्शकमाझ ल्याएको निर्देशक शाहीले बताए ।

यस्तै साइराम पिक्चर्सका समशेर श्रेष्ठले गीत र गीतको भिडियो राम्रो रहेकोले श्रोता/दर्शकले मन पराउनेमा आफू आशावादी रहको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *