
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १५, आइतवार
महोत्तरी नेपाली कांग्रेस सचिव मनोज चौधरीमाथी पार्टी विरुद्ध क्रियाकलाप गरेको आरोप लागेको छ । जिल्ला अनुशासन समिति र जिल्ला कार्य समितिमा चौधरी विरुद्ध पार्टी कै प्रतिनिधि एवं मनराशिसवा १ का लागि कांग्रेसबाट वडाअध्यक्षका प्रत्याशी रहेका अमोद कुमार सिंहले निवेदन दर्ता गराएका छन् ।
स्थानीय तह चुनाव २०७९ अन्तर्गत महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १ का लागि नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षका प्रत्याशी अमोद कुमार सिंह ७८ मतले नेकमा एमालेका उम्मेदवार गोविन्द चौरसिया(६९३ मत) सित पराजित भएका थिए । सिंहले ६१५ मत प्राप्त गरेको थियो । तेस्रो स्थानमा ५०५ मत ल्याएर जसपाका रुपनरायण भगत तथा ३७० मत सहित चौथो स्थानमा लोसपाका शसिभुषण चौधरी रहेका थिए ।
पार्टी र सिद्धान्त विपरीत कार्य गरेकोले नगर सभापति र वडा सभापति समेत कहाँ निवेदन पठाएको सिंहले मुलुक टाइम्सका स्थानीय पत्रकार राम अधार साहलाई बताए । जातिवादको नारा लगाउदै चुनावमा आफ्नै उम्मेदवारलाई हराउने अभियोग चौधरीमाथी अनेकौं पार्टी कार्यकर्ता सहित सिंहले लगाएका छन ।
सिंहका अनुसार “चौधरीले निति विपरीत आफ्नो भतिज पर्ने लोसपाका शसिभुषणलाई सघाएका थिए । कांग्रेस मेयर र वडाअध्यक्षको चुनावी रैली, घरदैलो कार्यक्रममा सरिक नभएको तथा साधारण सदस्य एवं सक्रिय सदस्यको बैठक समेत हुन नदिएको गम्भीर आरोप सिंहले लगाएका छन ।”
बैठक र छलफलका लागि आग्रह गर्दा रित पुर्याएर बस्ने गरि आलटाल गरेको, जिल्लाभर दौडहा छ भन्दै बिहान ८ बजे अगाडि मात्रै सम्भव भएको बताउने आदि बहानामा एकपटक पनि सहयोग नगरेको आरोप सिंह सहित उनकै निकटतमले पनि लगाएका छन ।
चुनावी रैलीमा राति अबेरसम्म नेता कार्यकर्ता सरिक हुने र बिहान भेला हुँदा ८ बज्ने परिस्थितिमा चौधरी चालाकीपुर्वक ८ बजे अगाडि मात्र आफू उपलब्ध हुने षड्यन्त्र गरेको आरोप पार्टीका नेता र कार्यकर्ताको रहेको छ । पार्टी अनुशासन विपरीत कार्य गरेकाहरु प्रती कडा कदम चाल्दै आईरहेका जिल्ला सभापति नागेश्वर यादवले यस घटनाप्रति हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
