
कृष्ण सिंह, रौतहट । २०७९ जेष्ठ ०६, शनिवार
रौतहट यमुनामाई गा.पा. वडा नं. २ स्थित श्री मा.वि. भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटने व्यक्ति पक्राउ परेको छ ।
मिति २०७९ बैशाख ३० गते जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. २ स्थित श्री मा.वि. भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको अवस्थामा केही मानिसहरुको हुल मतदान केन्द्रभित्र जवरजस्ती प्रवेश गरेको थियोे । सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटने क्रममा सुरक्षाकर्मीले केही राउण्ड गोली फायर गर्दा मतपेटीका छाडी भागी फरार भएका मुख्य अभियुक्त जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. २ बस्ने बर्ष ४६ को चन्देश्वर बैठा पक्राउ परेको छ ।
खोजतलासको क्रममा जेष्ठ ०५ गते निज आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको थियोे ।
निज चन्देश्वर बैठालाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।