
मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०५, बिहीवार
कैलाली । टीकापुर घटनाको अभियोगमा जेल जीवन बिताइरहेका सांसद रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीका टीकापुरका मेयर उम्मेद्वार रामलाल डगौरा थारु ३ हजार मतान्तरले विजयी हासिल गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मेयर
रामलाल डगौराले ९६४२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज रावलले ६६४२ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपमेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार उल्कादेवी विश्वकर्मा १५३ मतान्तरले पराजित भएकी हुन् ।
उपमेयरमा नेकपा माओवादी केन्द्रका खडकबहादुर शाहले ७९५५ मतसहित विजयी भएका हुन् भने नागरिक उन्मुक्ति पार्टीकी उम्मेद्वार विश्वकर्माले ७८०२ मत प्राप्त गरिन् ।