मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०५, बिहीवार

सप्तरी । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाको दुई पालिकामा जित हासिल गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा विरेन्द्र माझी एवं बलान-बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ । गृह जिल्ला सप्तरीका डा.राउतको घर बलान-बिहुल गाउँपालिकामा पर्दछ ।

बलान–विहुल गाउँपालिकाको अध्यक्षमा जनमतका खेमचन्द्र यादव २९९४ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नवीन कुमार झा २२४७, जनता समाजवादी पार्टी नेपालका दयानन्द गोइत २२०३ र नेकपा एमालेका अरुणकुमार गोइत यादवले २१७२ मत प्राप्त गरेका छन् ।

यसैगरी, बलान-विहुल गाउँपालिकाको उपाध्यक्षमा जनमतकी रेणु यादव २६९० मतसहित निर्वाचित भएकी हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशादेवी मण्डलले २३०४, जसपाकी बबिता कुमारी मण्डल २०९४, एमालेकी रिताकुमारी यादवले १७६८ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *