मुलुक डेस्क, सर्लाही । २०७९ जेष्ठ ०५, बिहीवार

काठमाडौं- स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आएका राजकुमार महतो सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार राजकुमारले ३ हजार ९९५ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याए। यसैगरी निवर्तमान अध्यक्ष महेन्द्र महतोले २ हजार ८८५ मत सहित तेस्रो स्थानमा खुम्चिए। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो महेन्द्रका भाइ हुन् ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गरेका व्यक्ति राजकुमारले सभे द चिल्ड्रेन, विश्व स्वास्थ्य संगठन लगायतका संस्थामा रहेर काम गरेका छन्। उनी जनस्वास्थ्य र पोषणविद् पनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *