संजीव सिंह, महोत्तरी । २०७९ जेष्ठ ०३, मंगलवार

महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकामा कांग्रेसले प्रतिस्पर्धी चुनावमा बाजि मारेको छ । नेपाली कांग्रेस मेयरका प्रत्याशी मोहन पाण्डेयले ५ हजारभन्दा बढी मत ल्याएर जीत सुनिश्चित गरेका छन् । निकटतम प्रतिद्वन्द्वी जसपाका महेन्द्र राय कारिब२ हजार मत पछि परेको छ । औपचारिक नतिजा आउन एउटा अन्तिम वडाकाे मतगणना जारी छ ।

महोत्तरी जिल्लाभर १० नगरपालिका र ५ गाउँपालिका रहेको छ । जसमध्ये यसपटक जनमतको लहर कांग्रेसबीच रहेको नतिजाले देखाएको छ । प्रतिस्पर्धामा कांग्रेससंगै एमाले, जसपा, लोसपा, जनमत पार्टी पनि रहेको छ ।

मनराशिसवा नपामा गत नतिजा झैं निवर्तमान मेयर एवं लोसपाका मेयर प्रत्याशी संजय सिंह मुख्य दाबेदारको रुपमा प्रस्तुत भएको देखिए तापनि युवा जोश र कांग्रेसको जनलहरले मोहन पान्डेयले बाजि मार्ने स्थिती प्रष्ट रहेको छ । यद्यपि नेकपा एमालेका मेयर प्रत्याशी राजेन्द्र साह र जसपाका मेयर प्रत्याशी महेन्द्र रायले जबर्जस्त टक्कर दिएका छ्न ।

वडा नं. १ मनरा, वडा नं. २ ईटहर्वाकट्टी-भोल्ही, वडा नं. ३ सोनौल, वडा नं. ४ साढाँ-जावख, वडा नं. ५ कटैया, वडा नं. ६ र ७ सरपल्लो-झिंगास्थान, वडा नं. ८ सहसराम, वडा नं. ९ बथनाहा तथा वडा नं. १० सकरी-मधवा गरि करिब ५ हजार भन्दा बढी मत नेपाली कांग्रेसको पक्षमा परेको मत परिणामले देखाएको छ । बाँकी एकमात्र वडाको मत परिणाम आउने क्रममा छ । वडा नं. ६ को मतगणनाको क्रम जारी छ ।

स्थानीय निर्वाचनमा पार्टी भन्दा पनि सामुदायिक र जातिगत मतले फरक पार्ने अनुमान स्थानीय विषलेशकको रहेको भएपनि यसपटक यहाँको चुनाव अत्यन्तै प्रतिस्पर्धी र रोचक रहयो ।

कुल २१,२६८ मत खसेक मनराशिसवा नपाको जनसंख्या ४९,१२६ रहेको छ । कुल मतदाता ३०,२०९ रहेको यो नपामा पुरुष मतदाता संख्या १६,६३८ र महिला मतदाता संख्या १३,५७१ रहेका छन् । कुल १० वडामा २४ मतदान केन्द्र रहेको यो नगरपालिका को क्षेत्रफल ४९.७३वर्ग किमि रहेको छ अर्थात ४,९७८ हेक्टर (७,४६७ बिघा) ।

यसैगरी उपमेयर पनि कांग्रेसकै शकुन्तला देवी पनि ५,३७३ मतका साथ लागभग जीतको करिब छिन् । उनका प्रतिद्वन्द्वी जसपाकी निर्मला देवीले ४,१४५ मत पाएकी छिन् । वडा नं. १ र ४ मा एमाले, वडा नं. २, ३ र १० मा कांग्रेस, वडा नं. ५ र ७ मा जसपा, वडा नं. ८ मा जनमत पार्टी तथा वडा नं. ९ मा लोसपा नेपालको भारी जीत भएको निर्वाचन आयोगले जनाएको छ । अन्तिम वडाको रुपमा वडा नं. ६ को नतिजा पनि आउमे क्रममा छ ।

नातिजा संगै नयाँ मेयरको रुपमा नगरवाशीले कांग्रेसका युवा उम्मेदवार मोहन पाण्डेयलाई पाउने लगभग तय छ । अन्तिम नतिजा पश्चात् मोहनले करिब ६ हजार मत ल्याउने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *