राम अधार साह, महोत्तरी । २०७९ बैशाख ११, आइतवार

मनराशिसवा नगरपालिकामा आज स्वतन्त्र समेत गरि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आज पहिलो दिनमा स्वतन्त्र सहित जम्मा ६ जनाले मनोनयनपत्र दाखिल गरेको निर्वाचन अधिकृत डण्डपानी शर्माले जनाएका हुन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनराशिसवा नगरपालिकामा अवस्थित निर्वाचन आयोगको कार्यालयमा आज बिहान १० देखि साँझ ५ बजेसम्ममा जम्मा ६ जनाले मनोनयनपत्र दाखिला गराउन सफल भए ।

मनोनयन दर्ता गर्नेमा मनराशिसवा नगरपालिका वडा नं. १ मनराका स्थानीय युवा नरेश कुमार सिंह (राजु) ले सोही वडाको वडाअध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । यसैगरी अन्य ५ जना जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट थिए । मेयरका लागि महेन्द्र राय, उपमेयरमा निर्मला देवी, ५ नं. वडाअध्यक्षमा हदिस अन्सारी, ८ नं. वडाअध्यक्षमा अरुण सिंह, १० नं. वडाअध्यक्षमा रमेश रायले आ-आफ्नो मनोनयन भरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *