
कृष्ण सिंह, रौतहट । २०७९ बैशाख ०५, सोमवार
नेकपा (एमाले) ले रौतहटको राजदेवी नगपालिकाको मेयरमा वर्तमान उपमेयर अंशु सिंहको नाम प्रमुख प्रत्याशिको रुपमा अघि सारेको छ । राजदेवी नगर कमिटीको आइतबार बसेको बैठकले मेयरमा सिंह संगै राजेश साह सहित दुई जना र उपमेयरमा पाँच जनाको नाम सिफारिस गरेको
नगर अध्यक्ष रुपनारायण दासका अनुसार मेयरका प्रत्याशी सिंह हालै फोरमबाट नेकपा एमालेमा प्रवेश गरेकी हुन् भने हाल जिल्ला कमिटी सदस्यको हैसियतमा रहेका साह जनयुद्धकालीन नेता हुन् ।
यसैगरी उपमेयरमा भने जिल्ला कमिटी सदस्य निवेश यादवसहित ५ जनाको नाम सिफारिस गरेको नगरअध्यक्ष दासले बताए । एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य यादव पत्रकार पनि हुन् । यसैगरी रामपुकार दास, प्रदीप साह, अशोक यादव, रुप नारायण दास पनि आकांक्षी उम्मेदवारको रूपमा सिफारिसमा परेका छन् ।