मुलुक डेस्क, ललितपुर । २०७८ चैत्र ३०, बुधबार

लिखित पारितको शतवार्षिकी कार्यक्रम देशभरी मनाइएको छ् । भुमि सुधार तथा मालपोत कार्यालयले शतवार्षिकीको अवसरमा देशभर विविध कार्यक्रम गरि मनाउने क्रममा ललितपुरको लगनखेलमा अवस्थित मालपोतले पनि उल्लासका साथ आज मानाएको हो ।

नेपालको इतिहासमा जग्गाको लिखित राख्ने प्रचलनको शुरूवात भएको एक शताब्दीको अवसरमा देशै भरको मालपोत संगै नापीले तीन दिवसको कार्यक्रम मनाउने क्रममा आज कार्यालय सरसफाइ आभियान गर्दै समपन्न गरेको र भोलि अन्तरकृयाको कार्यक्रम रहेकोे लगनखेल मालपोतका अधिकृत गौतमले जनाए । भोलिको विशेष कार्यक्रम राष्ट्रिय सभा गृहमा हुदैछ जसमा प्रधानमन्त्रीको उपस्तिथि पनि रहने उनले बताए ।

जनताको प्रत्यक्ष सरोकारसङ जोडिएको जग्गा सम्बन्धि लिखत राख्ने कार्यले अपनत्व र गरिमामय विषय भएको लगनखेल नापीका अधिकृत विजयकुमार सिंहले बताए । आउँदा दिनमा अझ बढी प्रबिधियुक्त भएर जग्गा नापजाँच गरि जनता र राष्ट्रसङ नजिक भएर सेवा दिनेमा नापी र मालपोतले सहकार्य गर्ने पनि सिंहले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *