मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २६, शनिवार

हिमालयन ह्वाईटहाउस विद्यालयका विद्यार्थीहरुद्वारा विद्यालयहातामै रहेकोे चित्रकला हलमा विभिन्न प्रकारका चित्रकला(पेन्टिङ) को प्रदर्शनी सम्पन्न गरेको छ । सबै उमेर, समूह र कक्षाका विद्यार्थीहरु सम्मिलित उक्त प्रदर्शनी चैत्र २३ देखि २५ गते शुक्रवारसम्म चलेको प्रसिद्ध चित्रकार एवं बिधालयका शिक्षक अजय देसारले जानकारी गराए ।

नोराह श्रेष्ठ, कक्षा १०

प्रसिद्ध बिधालय हिमालयन ह्वाटहाउस तिनकुनेमा कक्षा ८,९ र १० मा अध्ययनरत करिब २० जना विद्यार्थीद्वारा विगतमा तयार पारिएको झण्डै ५० भन्दा बढी पेन्टिङ प्रदर्शनीमा राखिएको थियो । बच्चाहरुमा सानैदेखि परिवार, प्रकृति तथा धर्मप्रती गहिरो आस्था हुने भएकोले त्यसको प्रष्फुटन रङ्ग मार्फत क्यान्भासमा कोर्नमा सहयोग गरेको चित्रकार एवं शिक्षक देसारको भनाई रहेको छ ।

उपाशी बुढाथोकी, कक्षा ९

कोरोना कालमा घरमै बसेर रङ्गसंग खेल्न ठुलो मद्दत पुगेको बताउछिन् कक्षा १० मा अध्ययनरत नोराह श्रेष्ठ । यस्तै अनुभव कक्षा ९ मा अध्ययनरत उपाशी बुढाथोकीले पनि मुलुक टाइम्ससंग साझा गरिन । उपाशिको नजरमा कलाकाले हातसंगै मनको प्रयोग गरेर पेन्टिङ बनाउने गर्दछ ।

कृतन अधिकारी, कक्षा ८

रङ्गको आफ्नै स्वच्छन्द संसार हुन्छ र त्यसलाई एउटा निश्चित आकार दिई सुन्दर र मनमोहक चित्रण गर्नु नै कलाकारको कला हो । कलामा मन बोल्छ, भावले पोत्छ र क्यान्भासले आकर्षक थप्ने गर्छ । कलामा मानव मोहित हुने गर्दछ जसकारण कलाकार सबैको प्रिय हुने गर्दछ । कला कुनै सिमा, भाषा र रङ्गमा बाँधिने गर्दैन । यो त स्वतन्त्र विचरण गर्ने गर्दछ ।

आरिसन खडगी, कक्षा ८

तीन दिने कला प्रदर्शनीमा नोराहको ५ वटा पेन्टिङ प्रदर्शन गरिएको थियो । साधुबाबा, रेमब्रेनको आर्ट, भगवान कृष्ण, मोनार्क बटरफ्लाई र स्वयंभुको चित्रकला । यसमध्ये उनको स्वयंभुको पेन्टिङ रु. १० हजारमा बिक्रि समेत भएको थियो । कलालाई मनैदेखी नै दिने कलाकार नोराह पेन्टिङ प्रति औधि रुचि राख्ने प्रतिभा हुन । यसैगरी हलमा उपाशिको हातले सिधै क्यान्भासमा रङ्गले पोतेको भगवान गणेशको पेन्टिङले सबैलाई आकर्षक गराएको देखिन्थ्यो । उनको अर्को पेन्टिङ चन्द्रमाको रहेको थियो । रङ्गसंग रमाउनु भनेको मनसंग खेल्नु र आफुलाई एकाग्र बनाउने उनको धारणा रहेकोे प्रष्ट पारिन् ।

कलाकार एवं शिक्षक अजय देसार

कक्षा ८ मा अध्ययनरत कृतन अधिकारीलाई जनावरसंगको मोह र लगावले रोयल टाईगर(बाघ) को पेन्टिङ गरेको बताए । शक्ति र सम्वन्धकाे अर्थलाई उनले आफ्नो पेन्टिङमा उतारेको बताए । यसका साथै अधिकारीको स्वतन्त्र र खुल्ला आकाशमा उडदै गरेको चराको पेन्टिङ पनि प्रदर्शनीमा रहेकोे थियो । कक्षा ८ मै अध्ययनरत आरिसन खडगीले धर्म र संस्कृतिमा रुचि राख्दै भगवान गणेश र भैरवको पेन्टिङ प्रदर्शन गरेका थिए । परम्परागत शैलीमा आधुनिकताको झल्को दिदै शक्तिको प्रतिकात्मक रुपमा उनले दुबै पेन्टिङ गरेका हुन ।

यसैगरि कलाकार अजय देसारको आफ्नै पेन्टिङ, कलाकार शितु मास्केको पेन्टिङ लगायत धेरै विद्यार्थीको पेन्टिङले हल भरिएको थियो । बिधालयले कक्षा १ देखि ९ सम्म अनिवार्य चित्रकलाको व्यवस्था गरेको छ भने यसको लागि चाहिने सबैखालको पुर्वाधारमा जोड समेत दिएको छ । आउदो दिनमा अझ बढी कलाको बिकासमा बिधालय अघि बढने धारणा प्राचार्यको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *