
मुलुक डेस्क, भक्तपुर । २०७८ चैत्र २५, शुक्रवार
आभासेतु सिंहद्वारा रचना गरिएको हिन्दी कविता संग्रह “अस्तित्व के सवाल” आज पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई स्वयम् कवियत्री सिंहले भेट गरिन । सिंह मधेशी आयोगका सदस्य समेत हुन ।
ओलि निवास बालकोट पुगेर ओलिलाई उक्त कविता संग्रह कवियत्री सिंहले भेट गरिन । नारीको अस्तितव रक्षार्थ संघर्शको गाथाले ओतप्रोत “अस्तित्व के सवाल” वास्तवमै हृदयस्पर्शी एवं मार्मिक रहेको नेता ओलीले बताए । केहिबेर कविता मै भुलेका ओली भावुक हुँदै कवियत्रीको प्रयासको सराहना गरे ।उक्त अवसरमा एमालेका नेता सुमनराज प्याकुरेल, पुर्व मन्त्री प्रभु साह, महिला आयोगकी सदस्य विद्या सिन्हा, संविधानसभा सद्स्य निलम वर्मा, शिक्षाकर्मी पुष्पा सिंह लगायतको उपस्थिति रहेको थियो ।

कवियत्री आभासेतुले केही दिन पुर्व मात्रै
“अस्तित्व के सवाल” लाई सार्वजनिक गरेकी हुन । उनको यो कविता संग्रहको लोकार्पण प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा साहित्यप्रेमि एवं नेकपा एमालेका नेता ईश्वर पोखरेलद्वारा गरिएको थियो ।