
मुलुक डेस्क, महोत्तरी । २०७८ चैत्र २३, बुधवार
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नगर समिति गठन गर्ने कार्य अन्तर्गत आज महोत्तरीको मनराशिसवा नगरपालिकामा आफ्नो संगठन बिस्तार गरेको छ् ।
आउँदो चुनावलाई मध्यनजर गर्दै सबैजसो पार्टीले आ-आफ्नो संगठन विस्तार गर्ने क्रम जारी छ् । यसैक्रममा लोसपा मनराले आफ्नो नगर स्तरीय पदाधिकारी चयन गरेको हो । लोसपा नेपाल मनराशिसवाका अध्यक्ष संजय कुमार सिंहद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा उल्लेख छ् । कुल ४५ सदस्यीय नगर समिती मनोनयन गरेको अध्यक्ष सिंहले बताएका छन ।

कुल ४५ सदस्यीय नगर समितीमा अध्यक्ष सिंहले उपाध्यक्षमा तीनजना, सचिवमा बिनोद सिंह, सहसचिवमा दुईजना, कोषाध्यक्षमा शशिभुषण चौधरी र सदस्यमा ३८ जनालाई मनोनीत गरेको बताए । लोसपा नेपाल मनराशिसवाका अध्यक्ष संजय कुमार सिंह मनराशिसवा नगरपालिकाका मेयर पनि हुन् ।

