
राम अधार साह, महोत्तरी । २०७८ चैत्र १३, सोमवार
महोत्तरी मनराशिसवा नगरपालिकामा जारी “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को आजको फाइनल खेलमा वडा नं. ७ झिंगास्थन विजयी भएको छ् ।

महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा आजको फाइनल खेलमा वडा नं. ६ सहसराम-जाउखलाई हराउँदै २५ रन अन्तरले जित हात पार्दै उपाधी जिते ।
च्याम्पियन झिंगास्थानले उपाधीसंगै ट्रफि र रु.५० हजार नगद पुरस्कार बापत हात पार्न सफल रहे । खेल अवधिभर सबै दलका नेता, जनता र खेलप्रेमीको अपार भिड रहेको थियो । साथै पुरस्कार वितरण समारोहमा विजेता एवं उपविजेता टोलिलगायत खेलाडीलाई मनराशिसवा नगरपालिकाका मेयर संजयकुमार सिंहले ट्रफि तथा पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा वडाअध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत रन्जित यादव, प्रधानाध्यापक कुमार सिंह, शिक्षा संयोजक बेचु सिंहको उपस्थिति रहेको थियो ।

आजको फाइनल खेलमा वडा नं. ७ झिंगास्थानले पहिले ब्याटिङ गर्दै २० ओभर ९ विकेटको क्षतिमा १५३ रन बनाएको थियो भने प्रतिउत्तरमा ब्याटिङ गर्न आएको वडा नं. ६ सरपल्लो-जाउख १२८ रनमै अलआउट हुन पुग्यो ।
आजको फाइनल खेलमा झिंगास्थानका मुकेश सहनी ४० रन बनाएर “म्यान अफ द म्याच” र “उत्कृष्ट ब्याटसम्यान” समेत घोषित भएका थिए साथै भने संतोष सहनी प्रतियोगिताकै “उत्कृष्ट बलर” घोषित भए । यसैगरी “उत्कृष्ट ब्याटसम्यान” वडा नं. २ कट्टीका विवेक सिंह भए ।प्रतियोगितामा उप-विजेता बनेको वडा नं. ६ सरपल्लो-जाउखले ट्रफिसहित नगद रु. २५ हजारको पुरस्कार जिते ।

प्रतियोगिताका अम्पायरको भुमिकामा सौरव नागवंशी, अरुण ठाकुर र कैफ अन्सारी रहेका थिए । मेयर कपको उत्कृष्ट खेलाडी वापत रु.५ हजार नगद सहित कप र मेडल, उत्कृष्ट बलरले रु.३ हजार ५ सय नगद सहित कप र मेडल तथा उत्कृष्ट ब्याट्सम्यान वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडल पाएको जानकारी शिक्षा शाखा प्रमुख रोमन निरौलाले बताए ।
