
राम अधार साह, महोत्तरी । २०७८ चैत्र १३, आइतवार
महोत्तरी मनराशिसवा नगरपालिकामा जारी “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को छुट्टाछुट्टै भएको सेमिफाइनल खेलमा वडा नं. ६ सरपल्लो र वडा नं. ७ झिंगास्थन विजयी भएको हो ।
महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा आज आइतवार भएको पहिलो खेलमा वडा नं. ६ सहसराम-जाउख र वडा नं. ७ सरपल्लो-झिंगास्थानले जित हासिल गरेको छ् ।

आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. ८ सहसराम-कटैयाले बनाएको ११९ रनको विरुद्धमा वडा नं. ६ सरपल्लो-जाउख ८ बिकेटले जित हासिल गर्यो । सरपल्लो-जाउखका दिनेश धमन ५६ रन बनाउदै “म्यान अफ द म्याच” घोषित भएका थिए ।
यसैगरी आज भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं. ७ सरपल्लो-झिंगास्थान विजयी बनेको हो । वडा नं. ७ सरपल्लो-झिंगास्थानले बनाएको १९६ रनको जवाफमा वडा नं. २ कट्टी- भोलहीले जम्मा १४१ रनमै सिमित बनेको थियो । सरपल्लो-झिंगास्थानका शेखर सहनी “म्यान अफ द म्याच” घोषित भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार नगद सहित कप र मेडल तथा दोस्रो स्थान प्राप्त गर्नेलाई रु. २५ हजार नगद सहित कप र मेडलको व्यवस्था नगरपालिकाले गरेको छ् । यसका साथै उत्कृष्ट खेलाडी वापत रु.५ हजार नगद सहित कप र मेडल, उत्कृष्ट बलर वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडल तथा उत्कृष्ट ब्याट्सम्यान वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडलको व्यवस्था गरिएको जानकारी शिक्षा शाखा प्रमुख रोमन निरौलाले जनाएका हुन् ।