बद्री नाथ झा, काठमाडौं । २०७८ चैत्र १२, शनिवार

डा. राजेन्द्र विमल प्रतिष्ठानको १०औं वार्षिकोत्सव तथा वरिष्ठ कवि एवं साहित्यकार डा. राजेन्द्र विमलको जन्मोत्सवको सुखद अवसरमा राजधानीमा आज भव्य र सभ्य कार्यक्रम समपन्न भएको छ् ।

श्रष्टा र सर्जकबीच समपन्न उक्त समारोहमा विशिष्ट अतिथिको रुपमा लोकप्रिय नेता ईश्वर पोखरेलको उपस्तिथि रहेको थियो । माननिय पोखरेल नेपाल सरकारको पुर्व उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । कार्यक्रममा अतिथिको रुपमा नेकपा एमालेको नेता सुमनराज प्याकुरेल, मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, आयोगका सदस्य आभासेतु सिंह, प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव, जनकपुर ईन्जिनियरिङ कलेजका संचालक डा. अर्जुन सिंह, प्रतिष्ठानको अध्यक्ष अबधेश पोखरेल ‘जनकपुरिया’ सहितको उपस्थिति रहेको थियोे ।

प्रतिष्ठानको १०औं वार्षिकोत्सवको अवसरमा “डा. राजेन्द्र विमल प्रतिभा पुरस्कार २०७७” बाट गुरु शरण सदा (सिरहा) सम्मानित भएका हुन् । यसैवर्ष कोभिडका कारण उनको देहावसान भएको हो । उनको नामको पुरस्कार र सम्मानपत्र सदाकी श्रीमती शान्ति सदाले ग्रहण गरिन । लोकगायिका शान्तिले उक्त अवसरमा चर्चित मैथिली गीत पनि प्रस्तुत गरेकी थिईन ।

प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा मधेशी आयोगका सदस्य अभासेतु सिंहद्वारा लिखित “अस्तित्वके सवाल” पुस्तक पनि लोकार्पण गरिएको थियो । र सो पुस्तकमाथी नेता प्याकुरेलले टिप्पणी समेत गरेका थिए । सोहि अवसरमा जनकपुरका पत्रकार सुजीत कुमार झाद्वारा भर्खरै लेखिएको अनुसन्धानात्माक पुस्तक “पुनी पुनी होत विवाह” पनि बिशिस्ट अतिथि नेता ईश्वर पोखरेललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा डा. आभास लाभले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए भने उनलाई तबलाको मिठो धुनमा वरिष्ठ संगितज्ञ बदन मण्ड लगायतले साथ दिएका थिए । संगीतको मधुर धुन जस्तै डा. विमलको व्यबहार र सिर्जना रहेको प्रतिष्ठानका सदस्य शुसिला पौडेलले स्वागत मन्तव्य दिदै प्रकाश पारिन् ।

“न मधेशी न पहाडी न हिमाली लेखियोस,
म मरेपछि पहिचान मेरो नेपाली लेखियोस ।
पुर्खाको नाँउ लेख्नुपर्दा जनक र बुद्लेखाईदिनु,
उँचाई मेरो नाप्नेलाई सगरमाथा देखाईदिनु।” भन्ने राष्ट्रिय भावले ओतप्रोत एवं सान्दर्भिक सन्देश दिन सफल श्रष्टा डा. विमल नेपाली साहित्यका मुर्धन्य ब्याक्तित्व रहेको बिशिस्ट अतिथि एवं साहित्यप्रेमि नेता ईश्वर पोखरेलले बताए । उनले डा. विमलको मुक्तकण्ठले प्रशंसा समेत गरे र प्रतिष्ठानले आउँदा दिनमा उनको बिचार र साहित्य सिर्जनालाई जिवन्त राख्ने ठाेस कदम चाल्नुपर्ने सुझाव समेत दिए । पुस्ता हस्तान्तरण हुनुपर्ने, ऊनीबारे धेरैभन्दा धेरै जानकारी सार्वजनिक हुनुपर्ने तथा उनका कृतिहरुको प्रकाशन हुनुपर्नेमा जोड दिए ।

नेपाली र मैथिली साहित्यबीच सेतुको कार्य गर्ने श्रष्टा डा. राजेन्द्र विमल र डा. राजेन्द्र विमल प्रतिष्ठानको आजको राजधानीको कार्यक्रममा जनकपुर र मिथिलाका हस्तीहरु, सर्जक एवं श्रष्टाहरुको बाक्लो उपस्थितले मिथिलामय तथा जनकपुरमै भएको अभास दिई रहेको भान हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *