राम अधार साह, महोत्तरी । २०७८ चैत्र १२, शनिवार

महोत्तरी मनराशिसवा नगरपालिकामा जारी “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को आजको छुट्टाछुट्टै खेलमा वडा नं. ७ सरपल्लो-झिंगास्थन र वडा नं. ८ सहसराम-कटैया
विजयी भएको हो ।

महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा आज शनिवार भएको पहिलो खेलमा वडा नं. ८ सहसराम-कटैयाले वडा नं. २ कट्टी-भोलही-ईटहर्वालाई हराउदै जित हासिल गरेको थियो । वडा नं. ८ सहसरामले बनाएको १४२ रनको विरुद्धमा वडा नं. २ कट्टी कुल १३२ रनमै अलआउट भएको थियो । यो खेलमा सहसरामक नेमत अनसारी “म्यान अफ द म्याच” घोषित भएको थियो ।

आज दिउँसो भएको दोस्रो खेलमा वडा नं. १ मनरालाई हराउँदै वडा नं. ७ सरपल्लो-झिंगास्थन विजयी बनेको थियो । वडा नं. ७ सरपल्लो-झिंगास्थनले बनाएको कुल ८४ रनको विरुद्धमा मनरा जम्म ७९ रनमा सिमित भएको थियो । यो खेलमा सरपल्लो-झिंगास्थनका मुकेश सहनी “म्यान अफ द म्याच” घोषित भएको थियोे ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार नगद सहित कप र मेडल तथा दोस्रो स्थान प्राप्त गर्नेलाई रु. २५ हजार नगद सहित कप र मेडलको व्यवस्था नगरपालिकाले गरेको छ् । यसका साथै उत्कृष्ट खेलाडी वापत रु.५ हजार नगद सहित कप र मेडल, उत्कृष्ट बलर वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडल तथा उत्कृष्ट ब्याट्सम्यान वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडलको व्यवस्था गरिएको जानकारी शिक्षा शाखा प्रमुख रोमन निरौलाले जनाएका हुन् । आजको यस प्रतियोगिताम दर्शक, खेलाडी, बुद्धिजिवि सहित पत्रकारको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *