
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १२, शनिवार
जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि साङ्घातिक आक्रमण भएको छ। शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो। टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।
सांसद साहमाथि रडले आक्रमण भएको र टाउको तथा पिठ्युँमा चोट लागेको छ। प्रहार हुनासाथ सांसद साह बेहोस भएका थिए।