
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १२, शनिवार
कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ।
कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि जितेको हो। गण्डकीले उपाधिसंगै २ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उप–विजेता कर्णाली प्रदेशले १ लाख ५० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो।
६५ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । कर्णालीकी श्रीमी सिंह थारुले ४ विकेट लिइन।
गण्डकीकी ज्योत्सनीका मरासिनी “प्लेयर अफ दी म्याच” भइन भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनीका मरासिनी भइन। उनले नगद २५ हजारसहित ट्रफि प्राप्त गरिन। सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटम्यान बागमतीकी हेलिशा गुरुङ भइन। उनीहरूले जनही १०/१० हजार प्राप्त गरिन। प्रतियोगिताको विजेता, उपविजेता तथा सम्पूर्ण विधागत पुरस्कार विजेता खेलाडीलाई शुक्रबार एक समारोहकाबिच सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङ, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह, क्यानका सदस्य वीरेन्द्र चन्दलगायतले एक समारोहका बिच वितरण गरेका थिए।
नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सात प्रदेशका यु–१९ महिला क्रिकेट टिमको सहभागिता रहेको थियो