
राम अधार साह, महोत्तरी । २०७८ चैत्र ११, शुक्रवार
शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार : मनराशिसवा नगरपालिका समृद्धिको आधार” भन्ने मुल नाराका साथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को हिजोको दुई खेलमा वडा नं. ७ सरपल्लो-झिंगास्थन र वडा नं. ८ सहसरामसंगै आजको खेलमा वडा नं. १ मनरा र वडा नं. ६ सरपल्लो विजयी भएको हो ।

महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा हिजो बिहीवार भएको पहिलो खेलमा वडा नं. ७ सरपल्लो-झिंगास्थानले वडा नं. ४ साढाँलाई हराउदै जित हासिल गरेको थियो । साढाँले जम्मा ३१ रनको योगफल बनाएको थियो जवाफमा झिंगास्थानले १० विकेटको फराकिलो अन्तरले जितेको थियो । सो खेलमा झिंगास्थानका मुकेश सहनी “म्यान अफ द म्याच” घोषित भएको थियो ।होजोको अर्को खेल वडा नं. १० सकरी र वडा नं. ८ सहसरामबीच भएको थियो । सकरीले बनाएको ९० रनको विरुद्धमा सहसरामले विजय हात पारेको थियो भने सहसरामकै अभिनाश तिवारी “म्यान अफ द म्याच” घोषित भएको थियोे ।

यसैगरी आज भएको पहिलो खेलमा वडा नं. १ मनराले बनाएको २१४ रनको जवाफमा वडा नं.३ सोनौल जम्मा १४६ रनमै खुम्चिएको थियोे ।
उक्त खेलमा मनराका सुशील यादव “म्यान अफ द म्याच” घोषित भएको थियोे । आज भएको दोस्रो खेलमा
वडा नं.६ सरपल्लोले पहिलो पाली खेल्दै कुल २११ रनको योगफल तयार पारेको थियो भने प्रतिउत्तरमा ब्याटिङ गर्न आएको वडा नं.९ बथनाहाको टिम १३८ रनमै सिमित भएको थियो । यस खेलमा सरपल्लोका उमेश सहनी “म्यान अफ द म्याच” घोषित भएको थियोे ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार नगद सहित कप र मेडल तथा दोस्रो स्थान प्राप्त गर्नेलाई रु. २५ हजार नगद सहित कप र मेडलको व्यवस्था नगरपालिकाले गरेको छ् । यसका साथै उत्कृष्ट खेलाडी वापत रु.५ हजार नगद सहित कप र मेडल, उत्कृष्ट बलर वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडल तथा उत्कृष्ट ब्याट्सम्यान वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडलको व्यवस्था गरिएको जानकारी शिक्षा शाखा प्रमुख रोमन निरौलाले जनाएका हुन् । आजको यस प्रतियोगिताम दर्शक, खेलाडी, बुद्धिजिवि सहित पत्रकारको उपस्थित रहेको थियो ।
