राम अधार साह, महोत्तरी । २०७८ चैत्र ०९, बुधवार

शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार : मनराशिसवा नगरपालिका समृद्धिको आधार” भन्ने मुल नाराका साथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत “नगर स्तरीय मेयर कप टी-२० क्रिकेट प्रतियोगिता” को आज कार्यक्रमबीच शुभारम्भ भएको हो ।

महोत्तरीको श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उद्घाटन नगरपालिका का मेयर संजयकुमार सिंहले गरे । आजको उद्घाटन खेलमा वडा नं. ५ लाई हराउदै वडा नं. २ कट्टी-भोल्हीले जित हासिल गर्न सफल रहयो ।

वडा नं.५ ले पहिले ब्याटिङ गर्दै ११२ रनको योगफल तयार पारेको थियो भने प्रतिउत्तरमा वडा नं.२ ले ४ विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गरेको थियो । आजको खेलमा पहिलो ओभरमा छ्क्का हान्ने खेलाडीलाई वडा अध्यक्ष अन्सारीले पुरस्कृत गरेको थियो । साथै आजको खेलमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई वडा नं.२ का अध्यक्ष विनोद कुमार सिंहले पुरस्कृत गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार नगद सहित कप र मेडल तथा दोस्रो स्थान प्राप्त गर्नेलाई रु. २५ हजार नगद सहित कप र मेडलको व्यवस्था नगरपालिकाले गरेको छ् । यसका साथै उत्कृष्ट खेलाडी वापत रु.५ हजार नगद सहित कप र मेडल, उत्कृष्ट बलर वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडल तथा उत्कृष्ट ब्याट्सम्यान वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडलको व्यवस्था गरिएको यस प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक कुमोदकुमार सिंह, शिक्षा संयोजक बेचु सिंह, नगरपालिकाका प्रशासकीय अधिकृत रणजितकुमार यादव, नगर सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक हृदयेश राउत लगायत १० वटै वडाका अध्यक्ष सहित दर्शक, खेलाडी, बुद्धिजिवि र पत्रकारको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *