बद्री नाथ झा, जनकपुरधाम। २०७८ चैत्र ०८, मंगलवार

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संघीय सरकारमा सहभागिताको विषयमा छलफल चलिरहेको बताएका छन्।

जनकपुरधाममा मंगलबार आयोजना गरिएको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको बताएका हुन्।

आफूहरूले नागरिकता समस्या र आफ्ना कार्यकर्तालाई आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता जस्ता माग पूरा गर्नुपर्ने माग राखेको ठाकुरले बताए। उनले प्रतिनिधि सभाको आगामी बैठकमा नागरिकता सम्बन्धी विधेयक प्रस्तुत गर्ने कुरा भएको जानकारी दिए।

सरकारले आफूहरूको मागलाई ठोस रूपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा आफूहरू सरकारमा सहभागी हुने विषयमा आवश्यक छलफल भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *