
मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०३, बिहिवार
राज्यको अधिकार सम्पन्न आयोगको हैसियतले “मधेशी आयोग” आफ्नो स्थापनाको तेस्रो वर्ष मै सर्वोत्कृष्ट आयोग बन्न सफल भएको छ् ।
२०७५ सालमा नेपाल सरकारद्वारा सम्वैधानिक आयोगको रुपमा गठित मधेशी आयोगले आयोगमध्ये सर्वोत्कृष्ट ठहरिएको छ् । मधेशी आयोगले दायित्व अनुसार निदानात्मक र उपचारात्मक कार्य गर्दै आएको छ । मधेश र मधेशीको समस्या एवं जनगुनासो तथा बृहत्तर बिकासलाई लक्षित गर्दै आयोगले सम्वाद, सुझाव र समाधानका लागि निरन्तर सहकार्य गर्दै आएको छ ।
“यत्रतत्र हर्षैहर्ष
हुन्छ । मुल्यांकनकर्तावाट
स्वीकारोत्कि हुन्छ सर्वत्र ।” भन्ने भनाइ संगै नेपाल सरकारको बेरुजु फछ्र्यौट अनुगमन समितिको प्रतिवेदनले सार्वजनिक गरेको प्रतिवेदनमा मधेशी आयोगको नाममा शुन्य बेरुजु रहेको तथ्यांक प्रकाशित भएको छ् ।
बेरुजु फछ्र्यौट अनुगमन समिति संगै महालेखा परिक्षक विभागको लेखा परिक्षण अनुसार आ.व. २०७५/०७६ आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा पनि मधेशी आयोगको बेरुजु शुन्य रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।
नेपालमा गठित अन्य आयोगमध्ये मधेशी आयोगले आफ्नो पहिचान एवं गरिमा अलग्गै स्थपित गरेको छ् । मधेशका हकहितका लागि गठित यो आयोगले जनसरोकारसंग संबंधित सभा, गोष्ठि, कार्यक्रम सहितका अनुसन्धान एवं खोजबिन आदिका कार्यहरू गर्दै आएको आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले बताए ।
“गरौं आर्थिक मितव्ययिता
परिभाषित कार्यमा सधैं प्रथम
रहनेछ सदैव प्राथमिकता ।” भन्ने पार्दर्शी र परिष्कृत कार्यमा मधेशी आयोग अब्बल रहेको र भविष्यमा पनि उत्कृष्ट रहनेमा अध्यक्ष दत्त बिस्वस्त रहेको प्रष्ट पारेका छन् । यद्यपि यदाकदा आयोगको कार्यप्रति टीकाटिप्पणी, कटाक्ष र आलोचना नभएको चाही होईन । वावजुद आउदो दिनमा अझ फलदायी एवं ससक्त कार्यसुची अनुसार तथा विज्ञकाे व्यवस्थापन गरी आयोगले कदम चाल्ने अध्यक्ष डा. दत्तले बताए ।
