डा. मनोज कुमार झा, काठमाडौं । २०७८ चैत्र ०६, आइतवार

विगतका केही महिनादेखि अत्यन्तै आक्रमक रुपले प्रस्तुत हुन खोज्दै गरेको “राष्ट्रिय प्रजातन्त्र पार्टी” (राप्रपा) भन्ने पुर्व पञ्चहरुको राजनीतिक पसल/दोकानका कामदारहरुको भाषण सुनेर अब वाक्क-दिक्क लाग्न थाल्यो !

झुठको पुलिंदा बाँधदै आफु चोखिन खोज्नु र अरु माथी हिलो छ्याप्ने गतिविधिले तिब्रता दिइएको देखिंदै छ, खुनखार राष्ट्रवाद को मुखौटा धारण गरेर देश र जनतालाई रनभुल्लमा पार्ने कुचेष्ट एकदमै उग्ररूपमा प्रस्तुत गर्न खोजिंदैछ, जुन पिटिक्कै राष्ट्रहित र जनहितमा देखिंदैन ।

“बारुदको चाङमा बसेर चुरोट सल्काउने” मुर्खता गरिरहेका “पञ्चे ग्याङ्ग” ले यो बिर्सनु हुन्न कि यो २१औं शताब्दी हो ।
बि.सं. २००५ देखि २०४५ सम्मको समय-खण्ड होईन, अब नेपालमा ब्यक्तिवादी मनगढन्ते भजन-किर्तन मात्रै बज्दैन, सुनिदैन, रुचाईंदैन ! अहिलेको नेपालमा यथार्थ वस्तुपरक तथ्य र प्रमाण मा आधारित विश्लेषण, बहस, तर्क-वितर्क पनि हुने गर्छ । अब यहाँ आँखामा छारो हाल्ने र रनभुल्लमा पर्ने पात्र र प्रवृत्ति धेरै दिन टिकिरहने अवस्था छैन, ती हिजोका कुरा हुन ।

यसो भन्दैजाँदा केही विषयवस्तुहरु संक्षेपमा उठान गर्नैपर्ने देखिन्छ र ती विषयवस्तुको तर्क-संगत तथ्य र प्रमाणमा आधारित जवाफ पनि हामीले पाउनु नै पर्ने हुन्छ, हाम्रो अधिकारको विषय हो ।

नेपाल र नेपालीको दुरदशाको प्रमुख कारक-कारण – कर्ता “पञ्चहरु” नै हो, अरुहरु सब सहायक मात्र हुन् !!

अरुलाई देशद्रोही, राष्ट्रघाती, राजद्रोही भनेर आरोप लगाउने “पञ्चहरुको ग्याङ्गले” आफ्नो अनुहार ऐना मा कहिले हेर्ने होला ??

के राजाको फोटो र नाम बेच्ने ब्यापारीक प्रतिष्ठान “राप्रपा” होइन ?,

के राजा महेन्द्रको पालामा खोलिएका उद्योग, कलकारखाना लाई धारासायी बनाउने “राप्रपा”होइन ?,

के महाकाली बेच्ने “राप्रपा” (डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर ज.ब.रा.) होईन ?,

के नेपाल को बन-जंगल बिनाश गर्ने “राप्रपा” होइन ?,

के दरबार भित्रको सुचना बेच्ने “राप्रपा” होइन ?,

के नेपाल मा पश्चिमा शक्ति र कृश्चियन मेसिनरीको जग हाल्ने “राप्रपा” होइन ?,

के सरकारी संयन्त्रको दुरुपयोग गर्न सिकाउने “राप्रपा” होइन ?,

के भ्रष्टाचार को जग हाल्ने र त्यसलाई जल-मल गर्दै फस्टाउने “राप्रपा” होइन ?,

के राजा – राज परिवार – दरबार लाई जनता सँग सम्बन्ध बिच्छेद गराउने “राप्रपा” होइन ?,

के राजा – राज परिवार – दरबार लाई बदनाम गराउने “राप्रपा” होइन ?,

नेपाल र नेपाली लाई नश्लवादको भुमरीमा फसाउने र साम्प्रदायिक, जातीय मुठभेड गराउने तथा भाइचारा र सौहार्दता खल्बलाउने “राप्रपा” होइन ?,

के आज नेपाल “संघीय संरचना” मा जान विवस हुनु र नेपालमा जातीय, क्षेत्रीय मुद्दाहरुको चर्को आवाज बुलन्द हुनुको प्रमुख कारक, कारण, कर्ता “राप्रपा” होइन ?

हेक्का रहोस् , राजेन्द्र लिङ्देन जी ! घुस खानु मात्रै आमाको रगत खानु सरह होइन, झुठ र भ्रामक कुरा पस्किनु पनि भ्रष्टाचार नै हो, होइन र ?, तपाई कै भनाइमा टेक्ने हो भने अब नेपाली जनताले यसो भन्यो भने कस्तो होला,
राप्रपाको सदस्यता लिनु मातृभूमि बलात्कृत भएको-गरेको साक्षी बस्नु हो ?
राप्रपा लाई भोट/मत दिनु गाईको मासु र रगत खानु सरह हो ?
राजेन्द्र लिङ्देनको राजनीतिक नेतृत्व स्विकार्नु भनेको बलात्कारी, फटहा, छद्मभेषीको पक्ष-पोषण पृष्ट-पोषण गर्नु सरह हो ?

यी र यस्ता अनगिन्ती प्रश्नहरुको तथ्यपरक जवाफ राप्रपा र त्यसको नेतृत्वले नेपाल र आम नेपाली लाई दिनुपर्ने हुन्छ र हामीले माग्न सक्नुपर्छ, चिप्लो चिप्लो कुरा खुनखार राष्ट्रवाद प्रदर्शन गरेर भाषण कै भरमा देश र जनतालाई गुमराहमा राखेर आफ्नो ब्यक्तिगत स्वार्थ र सत्ता स्वार्थपूर्तिका लागि अब नेपाली जनता प्रयोग हुनेछैन्न ।
समय मै तथ्यपरक जवाफको आशामा !

(लेखक डा. मनोज, जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक हुन । साथै यो उनको निजि विचार एवं प्रश्न हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *