बद्री नाथ झा, जनकपुरधाम । २०७८ चैत्र ०६, आइतवार

“चुनावको मुखैमा करोडौंको अनुदान बाँड्दै मधेश सरकार, जसपाकै पुर्व-प्रदेश अध्यक्ष सक्रिय”

जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारले करोडौंको अनुदान बाँड्ने तयारी गरेको छ। स्थानीयसहित तीनै तहको निर्वाचन नजिकिँदै गर्दा मतदाता नै प्रभावित पार्नेगरी मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले अनुदान दिने तयारी गरेको हो।

यसको सुरुवात जसपाका पुर्वप्रदेश अध्यक्षसमेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले गरेका छन्। यादवले आफ्नो मन्त्रालयबाट मधेस प्रदेशमा व्यावसायिक रुपमा कृषि गर्ने कृषक समूह, सहकारी र कम्पनीहरूलाई अनुदान बाँड्न सूचना निकालेका छन्।

आइतबार प्रकाशित सूचनामा एक करोडसम्म अनुदान दिन सकिने उल्लेख छ। यो योजनाअनुसार एउटा आयोजनामा अनुदान रकम न्यूनतम २५ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म पाइनेछ। चैत २१ सम्म इच्छुकले आवेदन दिनुपर्ने उल्लेख छ।

प्रदेश सरकारको कार्यकालको अन्तिम समयमा चुनाव नजिकिँदै गर्दा आफ्ना कार्यकर्तालाई पोस्न, मतदाता रिझाउन अनुदान बाँड्न लागिएको मधेशका अगुवाहरुले आलोचना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *