राम अधार साह, महोत्तरी । २०७८ चैत्र ०१, मंगलवार

“शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार : मनराशिसवा नगरपालिका समृद्धिको आधार” भन्ने मुल नाराका साथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना अन्तर्गत “नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता” को संचालन हुने भएको छ् ।

यहि मिति २०७८ चैत्र ०९ गते बुधवार श्री दुर्गा माध्यमिक विधयालय मनराको मैदानमा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको संचालन हुने भएको छ् । यस प्रतियोगितामा यसै नगरपालिकाका स्थायी ठेगाना भएका खेलाडीहरुले समुह दर्ताका लागि प्रत्येक वडाबाट एक समुहलाई समावेश गरिने प्राबधान नगरपालिकाले गरेको छ् । समुह दर्ताको लागि चैत्र ०६ गतेसम्मको म्याद तोकिएको छ् यद्यपि दर्ता शुल्क छुट गरिएको छ् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार नगद सहित कप र मेडल तथा दोस्रो स्थान प्राप्त गर्नेलाई रु. २५ हजार नगद सहित कप र मेडलको व्यवस्था नगरपालिकाले गरेको छ् । यसका साथै उत्कृष्ट खेलाडी वापत रु.५ हजार नगद सहित कप र मेडल, उत्कृष्ट बलर वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडल तथा उत्कृष्ट ब्याट्सम्यान वापत रु.३ हजार ५ सय नगद सहित कप र मेडलको व्यवस्था गरिएको नगरपालिकाका शिक्षा अधिकृत रोमन निरौलाद्वारा जारी प्रेस विज्ञ्प्तीमा उल्लेख गरिएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *