
बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन २८, शनिवार
जनकपुरधाम उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजना अन्तर्गत निर्माण गरिएको शहिदद्वारको हिजो शुक्रवार साँझ उद्घाटन गरिएको छ।

तेस्रो मधेश आन्दोलनपछि देशमा स्थानीय तहको निर्वाचन हुँदा मधेशवादी दलले कैयौँ स्थानीय तहमा जनतालाई विभिन्न लोभलालचमा पार्दै प्रदेश सरकार मा बहुत को सरकार मा नेतृत्व हात पार्न सफल भयो । मधेश प्रदेशको राजधानी जनकपुरधाममा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह नगरप्रमुखमा निर्वाचित भए । निर्वाचनताका नगर प्रमुख साहले नगरलाई फोहोरबाट मुक्ति दिलाउने, जनकपुरधाम नगर हराभरा बनाउने, जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरी अनुसार मांस मदिरा मुक्त क्षेत्र बनाउनेलगायत विभिन्न नारा लगाउँदै मतदातासंग आफ्नो पक्षमा मत मागेको सो कुराहरु अझैपनि स्थानीयवासीकोको मानसपटलमा ताजा नै रहेको छ ।

तर निर्वाचित भएपछि जनकपुरधामका नगर प्रमुख साहले मधेश आन्दोलनका सहिदहरुको सम्मानमा नगरको प्रवेशद्वारमा शहीद द्वारको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो अनुसार उनले आफ्नो कार्यकालको अन्तिम समयमा आएर शहिदद्वार निर्माण गरे ।
सो शहिदद्वार निर्माणसंगै नगरप्रमुख साहले गरेका अन्य प्रतिवद्धताहरु समेत पूरा गर्ने जनकपुरधामवासीलाई विश्वास थियो उनी गरेपनि अझै धेरै काम गर्न बाकी नै रहेको मेयर साहले बताए।
शहिदद्वारको उदघाटन भई रहँदा शहिद संजय चौधरीका आमा, शहिद नितु यादवका पिता श्रीनारायण यादव र शहिद दिलीप यादवका पिता रामनरेश यादवको समेत उपस्थिति रहेको थियो ।

२०७७ असार २१ गते शिलान्यास गरिएको सहिदद्वार निर्माणको कार्य १ वर्ष ९ महिना नबित्दै पूरा गरिएको छ । डेढ वर्षभित्रै काम सक्ने गरी काठमाण्डौंको गौरीपार्वती निर्माण कम्पनीलाई सो सहिदद्वार निर्माणको ठेक्का दिइएको थियो ।
३१ फिट अग्लो सो सहिदद्वारको माथिल्लो भागमा धनुष तानेको भगवान रामको प्रतिमा स्थापित गरिएको छ । मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेका धनुषाका तीन सहिदहरूको स्मृतिमा निर्माण गरिएको सो प्रवेशद्वारमा सहिदहरु नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको प्रतिमा समेत राखिएको छ । सहिददद्वारको पूर्वपट्टि सडकछेउमै तीनैजना सहिदहरुको अन्त्येष्टि गरिएको स्थल पनि हो ।
४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत मात्रै घटीमा अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएको छ।

२०७७ साल असार २१ गते शिलान्यास गरिएको सो सहिदद्वारा निर्माणमा आर्थिक वर्ष २०७६–०७७मा ४४ लाख ७७ हजार ७ सय २, आर्थिक वर्ष २०७७–०७८ मा २ करोड बजेट छुट्याइएको थियो भने बाँकी रकम चालु आर्थिक वर्षमा छुट्याइएको थियो ।