
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २७, शुक्रवार
“जनतान्त्रिक तराई मुक्ति मोर्चाले निर्वाचनमा सहभागितासँगै आन्दोलनको पनि उदघोष गरेको छ ।” यहि आउदो बैशाख ३० गते हुने चुनावको लागि डा. मनोज कुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा प्रेस विग्यप्ती जारी गरिएको छ ।
“राष्ट्रिय जनतान्त्रिक गठबन्धन” हुँदै “राष्ट्र बचाउ अभियान” जस्तो महान उद्देश्य प्राप्तिका लागि “राष्ट्रिय नागरिक आन्दोलन” को सफल प्रयोगलाई निरन्तरता दिंदै नेपाली नागरिकको “मताधिकाररुपि आशिर्वाद थाप्न” “जनतान्त्रिकको जन-संवाद महा-अभियान” को माध्यमले जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा घरदैलो कार्यक्रम सहित चुनावको तयारी तिव्र पारेको छ ।
मोर्चाले सार्वजनिक गरेको घोषणाहरु अनुसार स्थानीय निर्वाचनमा मेयर / उपमेयर प्रत्याशीको रुपमा चुनावमा सहभागी हुने ।
“स्वस्थ प्रतिस्पर्धा र सबैको सहभागिता” नै “निर्वाचनको मुल-नारा” सहित निर्वाचन लाई “Election” मा परिणत गरियोस् न कि “Selection” लाई निरन्तरता हुनेमा बिश्वस्त । “स्वस्थ प्रतिस्पर्धा र सबैको सहभागिता” भन्ने मुल नारा हुने लगायतका चुनावी कुराहरु उल्लेख छ ।