मुलुक डेस्क, राजविराज । २०७८ फाल्गनु २५ गते बुधबार

तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ८ तोपाको आफ्नै कार्यालय भवन बन्ने भएको छ । वडा कार्यालय भवन निर्माणको लागि बुधबार जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले आज संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

तीन वटा कोठा तथा माथिल्लो तल्लामा हलसहित दुई तले भवन निर्माण गरिने वडा अध्यक्ष लक्ष्मी प्रसाद मण्डलले जानकारी दिनुभयो । सो भवनको कूल लागत ८० लाख रहेकोमा ७० प्रतिशत जिल्ला समन्वय समिति र ३० प्रतिशत गाउँपालिकाले ब्यहोर्ने गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो ।

वडा कार्यालय भाडाको भवनमा सञ्चालन हुँदै आएको र कोठाको अभावमा सेवा प्रवाह गर्न कठिनाई भईरहेकोले वडा कार्यालयको आफ्नै भवन बन्ने भएपछि सेवा प्रवाह सुलभ र सहज ढंगबाट हुने अध्यक्ष सिंहको कथन छ । चालु आर्थिक बर्षभित्रै कार्यालय भवन निर्माण हुने उहाँले बताउनुभयो ।

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय ईन्जिनियर शैलेन्द्र झाले पाँच धुर जग्गा दान दिनुभएको छ भने बाँकी जग्गा गाउँपालिकाले ब्यवस्थापन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *