
आभा सेतु सिंह
काठमाडौं
सधैँ सिरानी भिजिन्छ
आज पनि भिज्यो
तर अनौठो बद्लावमा ।
सधैँ मेरो वेदनाको
केन्द्रबिन्दु तिमी बन्थ्यौं
आज तिम्रो वेदनाको
केन्द्रबिन्दु म किन बने ?
गम्भीर प्रश्नले
आज मेरो सिरानी भिजायो ।
सधैँ मेरो प्रश्नलाई तिमी
उफ्रीउफ्री जवाफ दियौ
आज तिम्रो प्रश्नको खोजी
र त्यसको जवाफमा
मेरो सिरानी भिज्यो ।
तर न त प्रश्न बने
न त जवाफ दिनु पर्यो
किनभने
तिम्रो विशाल हृदयको
सपाट बोर्डमा
प्रश्नको गुन्जाईस देखिएन ।
साच्चैँ तिमी आफैमा
अश्वमेघको यज्ञ हौ
सम्झेर मेरो सिरानी भिज्यो ।