सुनिल उलक, पोखरा । २०७८ फाल्गुन १९, बिहीवार

आज तिब्बती, शेर्पा तथा अन्य हिमाली क्षेत्रमा बसोबास गर्नेहरूको नयाँ वर्ष ग्याल्पो ल्होसार २१४९ अर्थात छ्यु फो ताग ल्हो (जल पुरुष बाघ वर्ष) २१४९ मनाउने विशेष दिन । विशेष समुदाय एवं जातिले मनाउने उत्सव भएपनी यसको महत्व र गरिमा प्राचीन छ । तसर्थ कुनै एकको चाडपर्व नभई सबैको साझा बन्न गएको हो । सरकारले यसपटक देशभर सार्वजनिक विदा समेत दिएको छ ।

तिब्बती राजा ङेठीछेम्बुको पालामा आज भन्दा २१४९ बर्ष अगाडीबाट यो पर्व मनाउन थालिएको भन्ने जनविश्वास छ । दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार (ल्होछार) शुरू हुन्छ । ल्होसार शुरू हुन एक महिना अगाडि देखि नै घर रड्गाउने, नयाँ कपडा किन्ने तथा बिशेष रोटी खाप्से शेरु तैयार पारिन्छ । तीन दिन पूर्व नै घर आगन सफा गर्ने र ग्रह शान्तीको रूपमा त्यो फोहरलाई चौवाटोमा लगेर फ्याक्ने गरिन्छ । त्यस पछि सबै मिलेर नौ प्रकारको गेडागुडी तथा पिठो वाट गुथुक बनाइन्छ । गुथुक बनाउदा परिवारमा जति जना छ त्यति वटा पिठोको डल्लो बनाइ सो भित्र थाहा नपाउने गरि कागज, घ्यू, नुन, कोइला, खुर्सानी आदि राखिन्छ । यसपछि पिठोको डल्लो सबैलाई बाडिन्छ । पिठोको भित्र राखिएको सामग्रीले त्यो प्राप्त गर्ने परिवारको सदस्यको बानीब्यहोराको आकलन गरिन्छ । कागजले अध्ययनशिल, घ्यूले चाप्लुसी, खुर्सानीले रिसाहा, कोइलाले इर्श्यालु आदि । यसरी गुथुक खाइसकेपछि पुरानो साललाई बिदा दिइन्छ ।

नयाँ सालको बिहानै कोही नउठ्दै धारा वा पधेँरामा हात मुख धोइ धुप बत्ती गरि पूजा गरेर ल्याएको चोखो पानी भगवानलाई चढाउने र पूजा गर्ने गर्दछन्, । त्यसपछि ठूलावडाको आशिर्वाद लिने र छिमार खप्से जस्ता प्रसाद खाने गर्दछन् । विशेष गरि छ्याङ्गुल (छुर्पी, बदम, किसमिस, नरिवल मिसाएर बनाइएको जाँड) खादै रमाइलो गर्दछन् । साथै लामाबाट अभिषेक गराई लुङ्दार (ध्वजा) टाङ्ग्ने गरिन्छ । अचेल पारिवारिक जमघटमा पिकनिक मनाउने पनि गर्दछन् ।

नयाँ सालको बिहानै कोही नउठ्दै धारा वा पधेँरामा हात मुख धोइ धुप बत्ती गरि पूजा गरेर ल्याएको चोखो पानी भगवानलाई चढाउने र पूजा गर्ने गर्दछन् । त्यसपछि ठूलावडाको आशिर्वाद लिने र छिमार खप्से जस्ता प्रसाद खाने गर्दछन् । विशेष गरि छ्याङ्गुल (छुर्पी, बदम, किसमिस, नरिवल मिसाएर बनाइएको जाँड) खादै रमाइलो गर्दछन् । साथै लामाबाट अभिषेक गराई लुङ्दार (ध्वजा) टाङ्ग्ने गरिन्छ । अचेल पारिवारिक जमघटमा पिकनिक मनाउने पनि गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *