मुलुक डेस्क, राजविराज । २०७८ फाल्गुन ०८, आइतवार

सप्तरीमा जनता समाजवादी पार्टीसहितका नेता कार्यकर्ताहरु धमाधम जनमत पार्टीमा प्रवेश गरेका छन ।

शनिबार जिल्लाको डाक्नेश्वरी नगरपालिका-१० मा आयोजना गरिएको एक कार्यक्रममा ५० जना जसपा र एमालेका नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ ।

पार्टी प्रवेश गर्नेमा नित्यानन्द माझी र प्रदीप साहको नेतृत्वमा ३१ जना जसपा र एमाले परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। नव प्रवेशीहरुलाई पार्टीका नेता कार्यकर्ताहरुले अबिर र गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *