मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०८, आइतबार

पुर्व उपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले २२ वटा जिल्ला सहितको एक मधेस प्रदेश बनाउनका लागि संघर्ष गर्ने बताएका छन् ।

शनिबार जटहीमा आयोजित लोसपा नगराइन नगर अधिवेशनमा बोल्दै नेता महतोले भने, “मधेश आन्दोलन अधिकार प्राप्तिका लागि भएको र अहिलेसम्मको आन्दोलन मधेशका ८ जिल्लाका लागि नभएर २२ जिल्लाको लागि भएको जिकिर गरे ।” यधपी ८ वटा जिल्ला समेटेर निर्माण गरिएको मधेश प्रदेशलाई उपलब्धी कै रुपमा लिनुपर्ने उनले बताए ।

पहिचान र अधिकारको संघर्ष जारी रहेको साथै स्वायत्त प्रदेशको लडाई अझै जारी रहेको नेता महतोले बताए । महतोका अनुसार मधेश प्रदेश अधिकारविहिन प्रदेशको रूपमा रहेकोले पूर्ण अधिकार प्राप्तिका लागि अझै पनि संघर्षको आवश्यकता रहेकाले संघर्ष जारी नै रहने समेत बताए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *