
बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन ०३, मंगलवार
जनकपुरमा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

जनमत पार्टीले जनकपुरधाममा उपमहानगरपालिका ७ वाल्मीकि नगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र लोसपा परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन । उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले फुलमाला अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचीव अनिता साह, केन्द्रिय सदस्य अञ्जली मण्डल, संजय यादवसहितका नेताहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियोे ।