बद्री नाथ झा, जनकपुर । २०७८ माघ २०, बिहीवार

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा आजदेखि ‘हाइवे बन्द’ गरेको छ। सरकारले किसानका जायज मागहरुलाई हालसम्म पुर्ण रुपमा बेवास्था राखेकोले माघ २० गते अर्थात् आजदेखि ‘हाइ-वे’ मा टेन्ट लगाएर खाना बनाएर बन्द हडतालको शुरूवात गरेको हो ।

किसानमाथि चरम दमन जारी राखेकोले किसानको हकहितमा जनमत पार्टीले करिब १ महिना भन्दाबढी देखि आन्दोलनरत गरेको र माघ २० गते बिहीबार देखि पूर्ण रुपमा हाइवे बन्द गर्ने जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जनाएको छ।

माघ १९ गते बुधवार तराईको बिभिन्न जिल्लाको सदरमुकाममा जनमत पार्टीले मशाल जुलुश प्रदर्शन गरी बिहीबारदेखि हाइवे बन्द गर्ने निर्णय गरेको जनमत पार्टीको विज्ञप्तिमा जनाइएको छ।

माघ १८ गते मंगलबार मधेशका विभिन्न स्थानको ‘निकम्मा कृषिमन्त्री राजिनामा दे’ भन्दै जनमत पार्टीको कार्यकर्ताले भैंसी जुलुस सहित प्रदर्शन गरेका छन्।

त्यसैगरी माघ ७ गते खाली बोरा जुलुस, माघ ८ गते बाल्टिन जुलुस,माघ ९ गते नाङ्गलो जुलुस, माघ १० गते तराजु जुलुस, ११गते उखु जुलुश, १२ गते बुधबार प्रदेश सरकार अगाडि प्रदर्शन, १३ गते बिहिबार डलिया जुलुस , १४ गते शुक्रबार पगडी जुलुस , १५ गते शनिबार दामलो जुलुस प्रदर्शन गरेका छन्।

किसान आन्दोलनमा माघ १६ गते आइतबार हलो जुलुस, सोमबार गोरुगाडा जुलुस, मंगलबार भैंसी जुलुस, बुधबार मसाल जुलुस र माघ २० गते बिहीबार ‘हाइ-वे’ मा टेन्ट लगाएर खाना बनाउने र बस्ने गरी बन्द सुरु गर्ने घोषणा जनमत पार्टीको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

अहिलेसम्म चरणबद्ध रुपमा आन्दोलन घोषणा गरेका र पुन: माघ २० गते अथार्त भोलि देखि हाइवे ससक्त रूपमा बन्द गर्ने कार्यक्रम रहेको छ।

किसानलाई सिंचाईको व्यवस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका ११ बुँदे माग राखेर जनमत पार्टीले मधेशकेन्द्रित एक महिना भन्दा बढी देखि आन्दोलन गरिरहेका छन्।

यता, सरकारले कोरोना भाइरस संक्रमण बढेकोले न्युनिकरण गर्न सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, सम्मेलन, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न नदिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *