बद्री नाथ झा, जनकपुर । २०७८ माघ १२, बुधवार

किसानका लागि भन्दै किसान आन्दोलनको क्रममा जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् ।

मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, फट्टासहित नगरक्षेत्रमा रैली प्रर्दशन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरीले अवरोध गरेको हो ।

सो अवरोधको क्रममा दुवै पक्षबीच झडप भइरहेको छ भने जनमतका केही कार्यकर्ताहरु घाइते समेत भइसकेको जनमत प्रेस मञ्चका संयोजक बिपि साहले जानकारी गराए ।

जनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘पहिला मल देउ अनि निर्वाचन गर’ भन्ने नारासहित आन्दोलित भएको हो । किसानको मुद्दालाई सम्बोधन गराउनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्रसमेत बुझाउने जनमतको कार्यक्रम छ । तर, बिहानैदेखि नगरक्षेत्रमा पार्टीका कार्यकर्ताहरुले उग्र प्रदर्शन गरेपछि झडपको माहोल सिर्जना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *