राम अधार साह, महोत्तरी । २०७८ माघ १०, सोमवार

नेपाली राजनीतिका शिखर पुरुष, मधेशलाई अस्तित्वमा र पहिचानमा ल्याउन पहल गर्ने समतावादी नेता, सदभावना पार्टीका संस्थापक एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको आज २०औं स्मृति दिवस देश र मधेशभर मनाउने क्रममा महोत्तरीको मनराशिसवा नगरपालिकामा पनि मनाईयो।

वि.सं.१९८५ चैत रामनवमीका दिन सप्तरीको कोइलाडीमा जन्मेका राजनेता गजेन्द्र नारायण सिंहको मृत्यु वि.सं. २०५८ माघ १० गते काठमाडौंमा भएको थियोे । सप्तरी सेवा आश्रम मार्फत सबै सम्पत्ति दान गरेका नेता जिवनभर मधेश प्रती समर्पित रहे ।

मनरामा सिंहको २० औं स्मृति दिवसमा मनराका मेयर संजयकुमार सिंह लगायत वडा अध्यक्षद्व्य शसिभुषन चौधरी र बिनोद कुमार सिंह, पालिकाका शिक्षा संयोजक बेचु सिंह, कार्यपालिका सदस्य राम उदार रजक, वडा सदस्य रविन्द्र सिंह, स्वास्थ्य संयोजक रामप्रताप मंडल सहितको उस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *