सुधा सिंह, काठमाडौं । २०७८ माघ १०, सोमवार

नेपाली समाजमा मधेशलाई अस्तित्वमा र पहिचानमा ल्याउन पहल गर्ने समतावादी नेता, सदभावना पार्टीका संस्थापक एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको आज २०औं स्मृति दिवस देश र मधेशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

वि.सं.१९८५ चैत रामनवमीका दिन सप्तरीको कोइलाडीमा जन्मेका राजनेता गजेन्द्र नारायण सिंहको मृत्यु वि.सं. २०५८ माघ १० गते काठमाडौंमा भएको थियोे । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले सिंहको पुण्यतिथिको अवसरमा हरेक वर्ष काठमाडौंलगायत मधेशभरि विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आएको छ ।

सप्तरीको राजपुताना जमिनदार परिवारमा जन्मेका नेता सिंह सबैखाले उत्पीडन र विभेदका साथै मधेशीको अधिकारको लडाईको शुरुवात गर्दै मधेशी, महिला, जनजाती, मुस्लिम, दलित उपर हुने विभेद विरुद्ध मेची देखी महाकालीसम्म एकता यात्राको शुरुवात गरी मधेशीलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गरेका थिए ।

गजेन्द्रबाबुले शुरु गरेको मधेशीहरुको अधिकार प्राप्तिको लडाइ धेरै हदसम्म सार्थक भएको छ् । फलस्वरूप आज आंशिक रुपमै भए पनि मधेश प्रदेश नामाकारण भएको छ । उनको प्रेरणा र विभिन्न समयमा भएका विभेद विरुद्धको संघर्ष, आन्दोलन र महान वीर सहिदहरुको सहादतले मधेशी जनसमुदायको चाहना अनुसार नै मधेशको मुद्दा स्थापित भएको सिंह अध्ययन केन्द्रले जनाएको छ् ।

आफ्नो राजनीतिक जिवनक्रममा ५० एकडभन्दा बढी जग्गा लुटाएका नेता सिंह २०४७, २०५१ र २०५६ सालको चुनावमा विजयी भइ प्रतिनिधि सभामा सांसद रहेका थिए । वि.सं. २०४७ सालको चुनावमा ६ सिट ल्याउदै नेपाल सदभावना पार्टी ६ टाैं स्थान ओगटदै राष्ट्रिय पार्टी बनेको थिय। पटक पटक गरि मन्त्री बनेका सिंह स्पष्ट वक्ता, निडर र कडा स्वभाव एवं स्वच्छ छवीका बेदाग नेता थिए । उनको नाममा अनेकौं चोक, अस्पताल, प्रतिष्ठान लगायत बनेको छ् । यसैगरी १० वर्ष अगाडि नेपाल सरकारका सूचना तथा संचार मन्त्री जयप्रकाश गुप्ताले सिंहको नामको हुलाक टिकट पनि जारी गरेको थियो ।

गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले उनको २०औं पुण्यतिथिको अवसरमा मधेश प्रदेश लगायत मधेश र देशको अन्य जिल्लाहरुमा पनि ’’ मधेश प्रदेश नामाकरण र गजेन्द्र नारायण सिंह विषयक अन्तरक्रिया कार्यक्रम” गर्ने जनाएको छ् । संयोग वा दुर्भाग्य उनैबाट शिक्षित एवं दिक्षित आजका प्रमुख नेताहरु हृदयेश त्रिपाठी, राजेन्द्र महतो, अनिलकुमार झा, सरिता गिरि लगायतका नेता एवं नेतृले उनको सदभावना पार्टी र नामलाई बेचेर खाएको अवस्था छ् । उनिप्रती थोरबहुत सम्मान बाहेक केहि उपलब्धि हात पार्न सकेको छैन ।

नेपालमा रहेका दुई तिहाई आदिवासी जनजाति, मधेशी समुदायको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हक अधिकार, पहिचान र स्वाभिमानको लागि आजिवन संघर्ष गरेका पहिचानवादी नेता स्व.गजेन्द्र नारायण सिंहको पुण्यतिथिको अवसरमा उनीप्रती सम्पुर्ण जनताले श्रद्धाञ्जली अर्पण गरेको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *