Founder of Bibeksheel campaign, former coordinator of Bibeksheel Sajha  Ujwal Thapa no more - The Himalayan Times - Nepal's No.1 English Daily  Newspaper | Nepal News, Latest Politics, Business, World, Sports,  Entertainment,

मुलुक डेस्क | २०७८ पुष २३

उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनको आज काठमाडौँमा एक सानो कार्यक्रम गरी सुरुवात गरियो । उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले यस फाउन्डेसनलाई एक गैर नाफामूलक, गैर राजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन् ।सशक्त, समानुभूतियुक्त एवम् उद्यमशील समाज निर्माण गर्नका निम्ति विभिन्न क्षेत्रहरुमा उनले गरेका प्रयासहरुलाई निरन्तरता दिने यो एउटा मञ्च हो। यस फाउन्डेशनले, उज्वलले आत्मसात गरेका मूल्य मान्यतालाई अभ्यास गर्न प्रयास गर्नेछ र समाजलाई उनका योगदानहरूको बारेमा जानकारी गराउनेछ । 

यस फाउन्डेसनको दूरदृष्टि सशक्त, समानुभूतिपूर्ण र उद्यमशील समाज बनाउनु हो भने यसको ध्येय नेपालमा नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु हो । यसका लक्ष्यहरुमा नेतृत्व विकासमा सहजीकरण गर्ने; स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्‍याउने; सामाजिक अभियान संचालन गर्ने / नागरिकहरुको चेतना बढाउने; न्यायपूर्ण समाज र गुरु राष्ट्र निर्माण गर्ने; उद्यमशीलताको प्रवर्धन गर्ने; पर्यावरणीय हितका क्षेत्रहरुमा काम गर्ने; शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि लगायत अन्य क्षेत्रहरुको प्रवर्धन गर्ने रहेका छन् । 

फाउन्डेसनका प्रस्तावित कार्यक्रमहरू, यसको नेतृत्व टोली तथा सल्लाहकार मण्डलीको बारेमा विस्तृतमा जानकारी फाउन्डेसनको वेबसाइट (www.ujwalthapafoundation.org) मा उपलब्ध रहेका छन् । उक्त वेबसाइट आजकै कार्यक्रममा उज्वलका पिता माता उदय बहादुर थापा तथा शान्ता थापाले सुरुवात गर्नुभयो । यस फाउन्डेसका कामहरूलाई समाजका सबै क्षेत्रलाई अर्थपूर्ण र उत्पादनशील होस् भन्नका लागि उज्वल थापाकी श्रीमती एरिका अधिकारीको अध्यक्षतामा गठन गरिएको सञ्चालक समितिले समाजका सबै महानुभावहरूसँग सल्लाह, सुझाब तथा प्रतिक्रियाका लागि,आग्रह गर्दछ । 

फाउन्डेसको स्थापना गर्नु अगाडि उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उज्वलको उपचारको लागि संसारभरका २,८०० भन्दा बढी शुभेच्छुकहरूले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको ४२ लाख रूपैयाँ भन्दा बढी रकम सातओटा गैर सरकारी/गैर नाफामूलक संस्थाहरूलाई वितरण गरेका थिए । २०७८ सालको असारमा उज्वलको घरमा गरिएको एक कार्यक्रममाझ यी सातओटा संस्थाहरूलाई रकम हस्तान्तरण गरिएको थियो । सर्लाहीको भोर नेपाल; ललितपुरको हार्टबिट; कपिलवस्तुको मधेश ह्युमन राइट्स होम; काठमाडौँका नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन तथा राष्ट्रिय आविष्कार केन्द्र; कालिकोटको ओदा फाउन्डेसन तथा विरगञ्जको सानो पाइलाहरू सहयोग प्राप्त गर्ने संस्थाहरू थिए ।

अधिकांश संस्थाहरूले उज्वल स्मृति कोषबाट प्राप्त गरेको रकमबाट सम्झौता अनुरूपको आफ्ना काम भ्याएसकेका छन् भने बाँकी रहेका संस्थाहरूले यस वर्षको अन्त्यसम्ममा भ्याउने अपेक्षा गरिएको छ । आफ्ना कामहरूलाई समाज तथा समग्र राष्ट्रलाई अर्थपूर्ण होस् भन्नका लागि बृहत् रूपमाा संवाद तथा सहकार्य गर्न यस फाउन्डेसन इच्छुक रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *