
मुलुक डेस्क, ललितपुर । २०७८ पौष १३, मंगलवार
पूर्वयुवराज्ञी हिमानी शाह ललितपुर चापागाउँस्थित वज्रवाराही शक्तिपिठको दर्शन गर्न आज मध्यान्ह बज्रवाराही पुगिन् ।
पुूर्वयुवराज्ञीले बज्रवाराही मन्दिरको बाहिरै बसेर पुजा आराधना गरेकी थिइन् । पुजारी बासुदेव कर्माचार्यले टिका लगाइएका थिए भने युवराज्ञी शाहले दक्षिणा दिएकी थिइन् ।
नेवा एकता समाजले मन्दिर परिसरमा जेष्ठ नागरिक सम्मानको कार्यक्रम समेत आयोजना गरेको थियो । सोही कार्यक्रममा समेत उनी सहभागी भएर बृद्ध बृद्धाहरुलाई सम्मान गरेकी थिइन् ।