मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १२, सोमवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला तीन दल कांग्रेस, एमाले र माओवादीले पूर्वराजा ज्ञानेन्द्रको विरोध गर्दै आ-आफनो संगठन विस्तार गरेको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार आयोजित आम सभामा बोल्दै उनले पूर्वराजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रममा ठूला दलहरु अघि बढेको चर्चा गरेका छन ।

यी ठूला दलहरुले २०६२/०६३ मा जनआन्दोलन गर्ने नाममा जनचाहाना विपरित हिन्दु धर्म फाल्दै, धर्मनिर्पेक्ष बनाएको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले ठूला तीन दलले भ्रष्टाचार र विसंगति बढाउने बाहेक देश र जनहितमा एउटा पनि काम नगरेका कारण उनीहरुबाट देश जोगाउने राजनीतिक एजेण्डा राप्रपाको भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *