
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १२, सोमवार
नेपालमा दलहरूको दर्ता हुने क्रम बढदो छ् । चुनाव नजिकिदै गर्दा दल दर्तासंगै दलगत एकता पनि धमाधम भइरहेको छ् । यसैक्रममा नयाँ दलको रुपमा जनतान्त्रिक तराई मुक्ति मोर्चा निर्वाचन आयोगमा दर्ताको अवस्थामा रहेको छ् ।
“विगत १७ वर्षदेखिको नेतृत्वदायी राजनीतिक एवं सामाजिक यात्रालाई वैधानिकता दिन एवं लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नेपाल र नेपाली जन-मनको न्युनतम आवश्यकतालाई सम्बोधन गराउने पवित्र उद्देश्य प्राप्तिका लागि संगठनलाई निर्वाचन आयोगमा दर्ता गराउँदैछौँ !” भन्ने एक विग्यप्ती आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज मुक्ती विवेक ।

“सडक संघर्ष लाई प्रथम प्राथमिकता एवं निरन्तरता दिंदै आसन्न निर्वाचनलाई रणनीतिक प्रयोग एवं उपयोग गर्ने रणनीति एवं मानवतावादमा आधारित पूर्ण समावेशी समानुपातिक प्रतिनिधित्व सहितको जनतान्त्रिक शासन ब्यवस्था तथा राज संस्था फर्काउने र हिन्दुराज्य कायम गर्ने” एजेन्डा सहित डा. झा ले दल दर्ता गराउन लागेको जनाएको हो।