मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०८, बिहीवार

रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागेकी छिन् । उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी घोषणा गरेकी हुन् । वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएको रन्जुले बताएकी छिन् ।

२०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरकी उम्मेदवारसमेत रहेकी उनले पत्रमा भनेकी छिन्, ‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ।

रञ्जुको पत्र अध्यक्ष मिश्रलाई :
सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर आफू राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन। म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भन्ने अठोटका साथ आएको व्यक्ति हुँ। वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु। तसर्थ यसै ईमेल र पत्र मार्फत सदाका लागि यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु।’

केही दिनअघि विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दस्तावेजका कारण पार्टीमा विवाद चुलिँदै गएको छ।अध्यक्ष मिश्रको संविधानका मूल विशेषता र गणतन्त्रप्रति नै आरोपित गर्ने दस्ताबेजका कारण दलभित्र दुई धार स्पष्ट देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *